संगीतकार अर्जुन र गायिका दुर्गाले कसे लगनगाँठो

असार १९, २०७७


संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल बैवाहिक जीवनमा बाँधिएका छन् । काठमाडौंको बुढानिलकण्ठ मन्दिरमा उनीहरुले शुक्रबार बिहान लगनगाँठो कसेका हुन् ।

कोरोनाका कारण सरकारले बनाएको नियम पालना गर्दै उनीहरुले सिमित आफन्त र परिवारजनको उपस्थितीमा विवाह गरेका हुन् ।

विगत ७ बर्षदेखि अनुराग संगीत विद्यालयमा एक साथ काम गर्दै आएका यी दुबैले लामो समयको प्रेमलाई बैवाहिक जीवनमा परिणत गरेका हुन् ।

अर्जुन चलचित्र तथा साधुनी संगीतका पछिल्लो समयका सफल संगीतिकार हुन् भने गायिका दुर्गा पनि गायनमा सफल तथा चर्चित रहेकी छन् ।