एफए कप:आर्सनलले जित्यो उपाधि

साउन १८, २०७७


१८ साउन, काठमाडौं । पिएरे एमरिक ओबामेयाङको दुई गोल मद्दतमा चेल्सीलाई पराजित गर्दै आर्सनलले एफए कपको उपाधि जितेको छ । वेम्लीमा शनिवार भएको लण्डन डर्बी फाइनलमा आर्सनलले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै चेल्सीलाई २-१ ले पराजित गरेको हो ।

खेलको पाँचौ मिनेटमै क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर अग्रता लामो समय टिकेन । २८औं मिनेटमा ओबामेयाङले आर्सनलका लागि बराबरी गोल फर्काए ।

आर्सनलका पूर्व कप्तान समेत मिकेच आर्टेटाले प्रशिक्षकको रुपमा पहिलो ट्रफी जितका छन् । उनले सन २०१४ मा खेलाडीको रुपमा एफए कप जितेका थिए ।

आर्सनलले सर्वाधिक १४औं पटक एफए कपको उपाधि जितेको हो । म्यानचेष्टर युनाइटेडले १२ र चेल्सीले ८ पटक एफए कप जितेको छ ।