क्रिकेटरको तलब १० हजार बढेर आउने

भदौ ०७, २०७७


भदौ ७, नेपाली राष्ट्रिय टिमका क्रिकेट खेलाडीले सन् २०१९ मा पाउने तलमा १० हजार बढेर आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहँदा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नै  राष्ट्रिय टिमका खेलाडीहरुले तलब दिने गरेको थियो । तर उनीरूले २०१९ देखि तलब पाएका छैनन्। निम्लम्बन फुकुवा भएपछि क्यानले २०१९ मा खेलाडीले पाउने तलबमा १० हजारका दरले बढाएर पठाउन प्रस्ताव गरेको थियो ।

अब ग्रेडिङमा रहेका हरेक तलहका खेलाडीको १० हजारका दरले बढेर तलब आउने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।  ‘क्यान आइसकेपछि पहिलाको ग्रेडिङको तह अनुसार १०-१० हजार थप्न सिफारिस गरेको हो’ सचिव प्याकुरेलले अनलाइनखबरसँग भने, ‘त्यो बमोजिम हामीले सबै प्रकिया पूरा गरेर पठाइसकेका छौँ । हाम्रो प्रस्ताव स्वीकृत भएको छ र प्रत्येक तहमा १० हजार बढेर तलब आउँछ ।’

यसअघि ए ग्रेडमा रहेका खेलाडीले ३५ हजार, बी ग्रेडमा रहेकाले २५ हजार र सी ग्रेडमा रहेकाले १५ हजार पाउँदै आएका थिए । अब ए ग्रेडमा पर्नेले ४५ हजार, बी ग्रेडमा पर्नेले ३५ हजार र सी ग्रेडमा पर्नेले २५ हजार तलब पाउनेछन् । यसअघि खेलाडी २०१९ फेब्रुअरीमा २०१७ र २०१८ को एकमुष्ट तलब पाएका थिए ।

त्यतिबेला ए, बी र सी तीनवटै ग्रेडमा ७-७ खेलाडी थिए । त्यो बेला ग्रेडिङमा रहेका केही खेलाडीले २०१९ मा कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता नखेलेकाले उनीहरुले २०१९ को लागि तलब दिने ग्रेडिङमा नपर्ने सम्भावना छ । क्यानले भने २०१९ मा कुन ग्रेडमा को-को खेलाडी परेका छन् भनेर सार्वजनिक गरेको छैन ।