सिपिएलमा सन्दीप लामिछानेको उत्कृष्ट बलिङ, जमैकाको जित

भदौ १०, २०७७


काठमाडौं – क्याराबिन प्रिमियर लिग (सीपीएल) मा नेपाली क्रिकेटर सन्दीप लामिछानेले सानदार प्रदर्शन गरेका छन् । 

बुधबार बिहान सिपिएल अन्तर्गत गुएना अमेजन वारियर्सविरुद्ध भएको खेलमा जमैका तल्लावाहबाट खेलेका सन्दीपले राम्रो प्रदर्शन गर्दै टिमलाई जिताउन सफल भए ।  जितसँगै जमैका अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। उक्त खेलमा जमैकाले गुएना अमेजन वारियर्सलाई पाँच विकेटले पराजित गर्न सफल भयो । 

खेलमा सन्दीपले सानदार प्रदर्शन गर्दै एक विकेट लिए । उनले चार ओभरमा १२ रन मात्रै दिएर एक विकेट लिए । उनले शेरफाने रुथफोर्डलाई १ रनमा आउट गरेका थिए ।

पहिले ब्याटिङ गरेको गुएनाले २० ओभरमा नौ विकेट गुमाएर एक सय ८ रन बनायो । १ सय ९ रनको लक्ष्य पछ्याएको जमैकाले १८ ओभरमा पाँच विकेट गुमाएर भेटाउन सफल भयो ।