नेयमार कोरोनाभाइरस मुक्त

भदौ २७, २०७७


काठमाडौं – विश्व चर्चित खेलाडी तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर नेयमारे कोरोनाभाइरसलाई जितेका छन् । नेयमारले शुक्रबार सामाजिक सञ्जालमार्फत आफु कोरोनाभाइरसमुक्त भएको जानकारी दिएका छन् । 

च्याम्पियन्स लिग सकिएलगत्तै बिदा मनाउन स्पेनिस आइसल्याण्ड गएका नेयमारसहित अन्य ३ खेलाडीमा केही समयअघि कोरोना संक्रमण देखिएको थियो । कोरोनाभाइरसबाट मुक्त भएका नेयमारले अहिले आफु प्रशिक्षणमा फर्किएको बताएका छन् । 

नेयमारलाई कोरोना संक्रमण देखिएपछि पीएसजीका अर्का स्टार केलियन एमबाप्पेलाई सिन संक्रमण देखिएको थियो । उनी अहिले आइसोलेसनमा बसेका छन् ।