ईपीएलमा सन्दीपले काठमाडौंको कप्तानी गर्ने
साउन १८, २०७८
नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमाडौं किङ्स–११ को कप्तानी गर्ने भएका छन् ।
काठमाडौंले सन्दीपको जन्मदिनको अवसर पारेर उनलाई कप्तानीको जिम्मेवारी दिएको बताएको छ ।
काठमाडौंले सोमबार सामाजिक सञ्जालबाट राष्ट्रिय टिमका लेग स्पिनर सन्दीपलाई कप्तानीको जिम्मेवारी दिइएको जनाएको हो ।
सन्दीप यसै सिजनका लागि काठमाडौंमा आबद्ध भएका हुन् । सन्दीपले तेस्रो संस्करणमा ललितपुर प्याट्रियट्सबाट खेलेको थिए ।
चौथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
यसपटक काठमाडौंबाट पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीलेसमेत खेल्ने छन् ।