‘कैदीको पत्र’ को फस्टलुक सार्वजनिक

बैशाख ०२, २०७९


नयाँ वर्षको अवसर पारेर फिल्म ‘कैदीको पत्र’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सनमकुमार वैराग निर्देशित फिल्मको प्रदर्शन मिति भने केही दिनपछि सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । फिल्ममा म्याडिसन लजारस र सलिना थापामगरको मुख्य भूमिका रहेको छ ।

साहित्यकार स्वर्गीय ईश्वर मानन्धरको कथा ‘कैदीको पत्र’ मा आधारित फिल्म बेलायका विभिन्न स्थानमा छायांकन गरिएको हो । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।