तुलसीपुर-७ मा गठबन्धनका साझा उम्मेदवार राम बहादुर जिसी जनता सँग घर दैलोमा ब्यस्त

बैशाख २२, २०७९


बैषाख २२, बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन अब ८ दिन मात्रै बाँकी छ । निर्वाचनको मिति नजिकिदै जाँदा विभिन्न दलका उमेदवारले चुनावी मत परिणाम आफ्नो पक्षमा पार्नका लागि चुनावी गतिविधिलाई तिब्र रुपमा अगाडि बनाई रहेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मा गठबन्धनका साझा उम्मेदवार राम बहादुर जि.सी.ले चुनाबी प्रचार प्रशार तथा घर दैलो कार्यक्रम तीब्र पारेका छन् ।

वडा नम्बर ७ मा गत निर्वाचनमा चुनावी नतिजा आफ्नो पक्षमा पारेको नेपाली कांग्रेसले यसपटक पनि विरासत जोगाउने दाउमा छ । कांग्रेसले यसपटक पनि नागरिकका हरेक समस्याहरु संग नजिक भएका सामाजिक अभियन्ता तथा कांग्रेसका युवा नेता राम बहादुर जिसीलाई वडा अध्यक्षको उमेदवार बनाएको छ । गत निर्वाचनमा वडा सदस्य पदमा लोक प्रिय मतका साथ निर्वाचित भएका जिसी अहिलेको निर्वाचनमा वडा अध्यक्षमा बलियो उम्मेदवार देखिएका छन्।

घरदैलो कार्यक्रममा उनले कृषि, सडक, खानेपानी, शिक्षा र स्वास्थ्यको क्षेत्रमा रहेर काम गर्ने र अन्य वडा भन्दा तुलसीपुर- ७ लाई नमुना वडाको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन । वडाअध्यक्ष पदका उम्मेदवार जिसी सहित सदस्यहरु चित्रा मल्ल, ऋषीराम पौडेल, शोभाराम भण्डारी, डिला विश्वकर्मा रहेका छन । घरदैलो कार्यक्रममा संयुक्त गठबन्धनका नेता तथा कार्यकता र स्थानीय जनताहरु जिसीलाई जिताउन उत्साही रुपमा लागेका छन । जिसीको लगशिलता, सफल नेतृत्व गर्न सक्ने क्षमता र जिम्मेवारी वहन गर्ने फरक शैलीका कारण नेता तथा कार्यक्रताको विचमा सवार्धिक चर्चामा रहेका छन ।