मधेसको शान बन्दै पीताम्बर खनाल

बैशाख २२, २०७९


कपिलवस्तु २२ वैशाख ।
एमाले नेता तथा बुद्धभूमि नगरपालिका मेयरका उम्मेदवार पीताम्बर खनाल मधेस र मधेसी जनताको विकासको लागि निकै उत्साहित देखिन्छन् । घरदैलो गर्ने क्रममा उनी मधेसको पहिचान बोक्ने गरी पहिरन लगाउँछन् । महिलाको समस्या निकै चाख लागेर सुन्छन् र समाधानको लागि सङ्कल्प गर्छन् । बृद्धबुवा आमाको सम्मान गर्दै ढोग अशिर्वाद लिन्छन् । एमालेको तर्फबाट सूर्य चिन्ह लिएर निर्वाचनमा होमिएका पीताम्बरको यही शैली अहिले बुद्धभूमिमा निकै चर्चाको विषय बनेको छ । उनको मधेस प्रतिको सम्मानले गर्दा स्थानीय जनताले बुद्धभूमिको दक्षिणी भेगलाई समेत विकास गर्ने नेताको रूपमा चित्रण गर्न लागेका छन् ।
बुद्धभूमि नगरपालिका नेकपा एमाले मेयर पदका उम्मेदवार पीताम्बर खनाल प्रति आकर्षण बढ्न लागेको छ । मधेसको उर्वर भूमि मान्दै आएको बुद्धभूमि नगरपालिका वडा नम्बर ६ महुवामा एमालेका उम्मेदवारलाई भव्य स्वागत गरिएको छ । बिहीबार एमाले मेयरका उम्मेदवार पीताम्बर खनाल, उपमेयरमा उम्मेदवार मञ्जु थारुलाई स्थानीय जनताले जिताएर छाड्ने प्रतिबद्धता गरेका छन् ।
मेयर उपमेयर सहितको घरदैलोमा हजारौँको सङ्ख्यामा आएका जनताले समर्थन गर्दै वडा परिक्रममा गराएको थिए । मेयर खनालले वडामा रहेको खानेपानीको समस्या समाधान गर्ने , कृषिमा सिचाई, बिउ र मल खादको समस्या समाधान गर्ने , पहिलो वर्षमा खरको छाना मुक्त गर्न जस्तापाता वितरण गर्ने र वडालाई महाराजगन्ज डुमरा सडकमा जोड्न पुल निर्माण गर्ने प्रतिबद्धता गर्नु भएको थियो ।
घरदैलो कार्यक्रममा उपमेयरका उम्मेदवार मञ्जु थारुले पुरानो मेयर कै कारण वडामा विकास कम भएको बताउनु भयो । नगरपालिकाले भैँसी पालक कृषकहरूलाई लाभान्वित हुने स्मार्ट गाउँ कार्यक्रममामा बजेट विनियोजन गर्न समेत आनाकानी गर्दा कृषकहरू समस्यामा परेको बताउनु भयो ।
मधेसमा एमालेको क्रेज भएको हुँदा सयौँको सङ्ख्यामा ट्याक्टर, मोटर साइकल, जिप कार अटो रिक्सा सहितको र्‍याली भएको वडा अध्यक्षका उम्मेदवार नन्दलाल यादवले बताउनु भयो । वडा नम्बर ६ मा दोब्बर मतले विजयी हुने समेत यादवले बताए ।