तुलसीपुर ५ को मतदान केन्द्र तुलसी बोर्डिङमा स्थानान्तरण

बैशाख २९, २०७९


तुलसीपुर,२९ बैशाख ।

तुलसीपुर ५ अरनीको मैदानमा रहेको मतदान स्थललाई तुलसी बोर्डिङ स्कुलमा स्थानान्तरण गरिएको छ । मौसम प्रतिकुलताका कारण तुलसी बोर्डिङ स्कुलमा मतदानस्थल सारिएको छ । तुलसीपुर ५ को मतदानस्थल अरनीको मैदानमा मतदान केन्द्रको तयारी तथा व्यवस्थापन गरेपनि बर्षातका कारण समस्या भएपछि तुलसी बोर्डिङ स्कुलमा सारिएको प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी नारायण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।