बंगलादेशका पूर्वकप्तानसहित तीन जना क्रिकेटरलाई कोरोना

असार ०७, २०७७


बंगलादेश क्रिकेट टिमका पूर्वकप्तान मुस्रफी मोर्ताजा, देब्रे हाते स्पिनर नाज्मुल इस्लाम र ओपनर नफिस एकबाल कोरोनाभाइरसबाट संक्रमित भएका छन्।

तीनै जनालाई यो साता कोरोना संक्रमण भएको पुष्टि भएको हो।

संसदका सदस्य समेत रहेका मोर्ताजा कोरोना भाइरसबाट प्रभावित भएकाहरुलाई राहत बाढ्न सक्रिए थिए। उनले खासगरी आफ्नो क्षेत्र नाराइलमा राहत तथा उद्दारमा सक्रियता देखाएका थिए।