चलचित्र क्षेत्रलाई कोरोना संकटबाट जोगाउन नयाँ मोडालिटी बनाएर काम गर्छौं : दयाराम दाहाल

असार १०, २०७७


असार १० : चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले चलचित्र क्षेत्रलाई कोरोना भाइरसले सिर्जना गरेको संकटबाट जोगाउन नयाँ मोडालिटी बनाएर काम गर्ने बताएका छन् । लामो समयदेखि चलचित्र विकास बोर्ड नेतृत्वविहीन रहेको थियो । जेठ २२ गते अध्यक्ष नियुक्त भएपछि उनले अहिलेको संकटबाट चलचित्र क्षेत्रलाई पार लगाउने गरि काम गर्न थालेको बताएका छन् । उनले तत्काल र दीर्घकालीन रुपमा गर्नुपर्ने कामको फेहरिस्त बनाएर अगाडि बढिरहेको बताएका छन् ।

कोरोनाका कारण लकडाउन गरिएपछि चलचित्र क्षेत्र ठप्प छ । फिल्म हल बन्द छन्। फिल्म निर्माण रोकिएको छ। निर्माण भएका फिल्म पनि प्रदर्शन हुन सकेका छैनन् । अन्य फिल्म गतिविधि पनि ठप्प भएका छन् । यस्तो वेला उनको प्राथमिकता के होला ?

अध्यक्ष दाहालले भने, ‘अहिले पहिलो प्राथमिकता भनेको कोरोनाका कारण संकटमा रहेको यस क्षेत्रलाई कसरी माथि उठाउने भन्ने नै हो। प्रर्दशनमा अड्किएका चलचित्रलाई कसरी पुनः सञ्चालन गर्ने भन्ने हो । अझै कुनै निक्र्योलमा पुगेको त छैन, छलफल गरिरहेको छु।

चलचित्र विकास बाेर्डका अध्यक्ष दयाराम दाहाल ।

उनी लामो सयमदेखि चलचित्र क्षेत्रमा सक्रिय छन् । यो अनुभवले पनि अहिलेको संकटबाट अगाडि बढ्न सहयोग पुग्ने उनको विश्वास छ । ‘अहिले सबैभन्दा पहिले रोकिएका चिलचित्रलाई प्रदर्शन गर्ने तयारीमा छौं,’ अध्यक्ष दाहाल भन्छन्, ‘त्यसपछि नयाँ मोडालिटी बनाएर चलचित्र क्षेत्रलाई कोरोना संकटबाट जोगाउन योजनाबद्ध रुपमा काम गर्छौं । उनी पदभार ग्रहण गरेदेखि नै यस विषयमा छलफलमा जुटेका छन् । अब निर्माता संघ तथा चलचित्र कलाकार संघसँग छलफल गरेर अबको दिनमा चलचित्र क्षेत्रलाई कसरी अगाडि लैजाने भन्ने तयारीमा जुटेको उनी बताउँछन् । यसका लागि एउटै टिम बनाएर काम गरिरहेका छौं, उनले भने।

यससँगै पोस्ट प्रडक्सन तथा निर्माणमा जान तयारी अवस्थामा रहेका चलचित्रको कामलाई कसरी सुचारु गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भइरहेको उनले बताए। ‘चलचित्र क्षेत्रसँग सम्बन्धित व्यक्ति र मन्त्रालयका अधिकारीहरुसँग छलफल गरिरहेको छु, केही निष्कर्ष निस्केला,’ उनीको विश्वास छ ।

यससँगै उनले अहिले अर्को प्रयास पनि गरिरहेका छन, चलचित्र क्षेत्रका आवद्ध कलाकार र प्राविधकलाई सहयोग । लकडाउनका कारण कलाकार र प्राविधिकको दैनिक चलाउन मुस्किल भएको उनी बताउँछन्। ‘कलाकार र प्राविधिकको दैनिक सहज बनाउन प्रधानमन्त्री राहत कोषबाट राहतका लागि पहल भइरहेको छ, उनी भन्छन ।

चलचित्र विकास बाेर्डका अध्यक्ष दयाराम दाहाल ।

यि त तत्काल गर्नुपर्ने काम भए। उनले केही दीर्घकालिन कामका बारेमा पनि योजना बनाएका छन्। ‘म यहाँ आएको भर्खरै दुई हप्ता पुग्दै छ। अहिले धेरै योजना त बनेका छैनन, केही योजना बनाएको छु,’ अध्यक्ष दाहाल भन्छन्, ‘चलचित्र क्षेत्रको समग्र विकास गर्न देशको विभिन्न भेगमा बनेका कलात्मक, मौतिकता झल्किने, विविध भाषाभाषीका चलचित्र निर्माणमा प्रोत्साहन गर्नेछौं।’

यससँगै नेपाली चलचित्रलाई कसरी अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउने भन्नेमा पनि काम गरिने उनको बनाइ छ। ‘निमार्णको मोडालिटी, नयाँ छायांकन स्थलको खोजी, नयाँ जेनेरेसनलाई प्रोत्साहन गर्ने लगायतका योजना बनाएका छौं,’ उनी भन्छन्।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय महोत्सवहरुमा सहभागी गराउनका लागि पनि प्रयास गर्ने उनी बताउँछन्। यसका लागि विभिन्न तवरबाट बोर्डले सहयोग गर्ने उनले बताए। ‘कुनै न कुनै माध्यमबाट चलचित्र निर्माणमा सहयोग गर्ने, अन्तर्राष्ट्रिय महोत्सव जाने वातारवरण बनाउने, विभिन्न देशका राजदूतावससँग छलफल गर्ने, नयाँ प्रोजेक्टको काम गर्ने, सामाजिक सुरक्षा कोष तथा विशेष मोडालिटी तयार पार्ने सोचेका छौं,’ अध्यक्ष दाहालले भने।

चलचित्र विकास बाेर्डका अध्यक्ष दयाराम दाहाल ।

यसका लागि कलाकार र प्राविधिकको सीप निर्खान र क्षमतालाई उजागर गर्ने वातावरण बनाउनेतिर लाग्ने उनको भनाइ छ। जसमा परिचत्र पत्र दिने, यससम्बन्धी पाठ्यक्रम निर्माण गर्ने, सहयोग गर्ने उनले बताए । चलचित्र क्षेत्रमा रहेका समस्याबारे आफूलाई जानकारी भएको उनले बताए। अब ति समस्याबाट कसरी पार लागउने भन्ने विषयमा योजनाबद्ध रुपमा काम गर्ने उनको भनाइ छ।

उनलाई यसअघिको पनि अनुभव छ। चलचित्र विकास बोर्डको सदस्य भएर काम गरिसकेका छन् । लामो समयदेखि चलचित्र क्षेत्रमा क्रियाशिल पनि छन्। उनले दर्जनभन्दा बढी चलचित्र निर्देशन गरेका छन् । अब भने उनी सम्पूर्ण चलचित्र क्षेत्रलाई नै निर्देशन गर्नुपर्ने जिम्मेवारीमा छन् । चलचित्र निर्देशनमा झै यसमा कति सफल हुन्छ, आगामी दुई वर्षले निर्धारण गर्नेछन् ।