फिल्मको काम सुरु गर्ने आर्यनको चाहना

असार १३, २०७७


चलचित्र ‘च च हुई’मा काम गरेपछि नायक आर्यन सिग्देलले क्यामेराको अगाडि एक्सन र कट सुनेका छैनन् । यी दुबै चलचित्र बक्स अफिसमा असफल भएपछि आर्यनले नयाँ चलचित्र साइन पनि गरेका छैनन् ।

आर्यन यो विचमा अष्ट्रेलिया पुगे । उनले अष्ट्रेलियामै एउटा नयाँ प्रोजेक्टमा काम गर्ने तयारी गरेको खबर सार्वजनिक भएपनि यो बिषयमा आर्यनले केही पनि खुलाएका छैनन् । बरु, लक डाउनको समयमा थानकोटमा रहेर उनले खेतमा काम गरे ।

उनै, नायक आर्यन सिग्देल अब भने चलचित्रको दुनियाँमा फर्किन चाहन्छन् । आर्यनले, नयाँ चलचित्र साइन गरेको खबर सार्वजनिक नभएपनि उनी भने ‘एक्सन र कट’मा फर्किन चाहेको बताउँछन् ।

चाडै नै चलचित्रको काम सुरु गर्ने चाहना आर्यनले राखेपनि अहिलेसम्म चलचित्रको दुनियाँमा चहलपहल कहिलेबाट सुरु हुन्छ पक्का छैन ।


तर, दर्शकलाई भने आर्यनको नयाँ चलचित्रको प्रतिक्षा छ । चलचित्रको काम सुरु हुनु अगाडि घोषणा पो गर्ने हो कि आर्यनजी ।