भिम र मेलिनाको गीतमा नायिका शिल्पा पोखरेलको अभिनय

भदौ ०६, २०७७


काठमाडौं । गायक भिम श्रेष्ठको नयाँ गीत ‘जाने बेला’को भिडियो सार्वजनिक गरिएको छ ।  गायक श्रेष्ठ र गायिका मेलिना राईको स्वर रहेको गीतमा  राम अबिरल बिष्टका शब्द, राजन तिमिल्सिनाको संगीत शृजना रहेको छ । 

शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको गीतको भिडियोले प्रेममा धोका पाएकाहरुको कथालाई जीवन्त शैलीमा बोलेको छ ।  भिडियोमा चर्चित नायिका शिल्पा पोखरेलको अभिनय रहेको छ । 

फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको गीतले बजारमा आएको छोटो समयमा नै राम्रो प्रतिक्रिया आइरहेको गायक श्रेष्ठले बताए ।

https://www.youtube.com/watch?v=hwvWzhQgZAc&feature=share