कबड्डिको उपाधी पब्लिक ज्ञान ज्योती लाई

मङि्सर २६, २०७७     लक्ष्मण बस्नेत




मङ्सिर २६ तुलसीपुर दाङ ।
दाङको तुलसीपुरमा संचालित जिल्ला स्तरीय कबडि प्रतियोगिता २०७७ को उपाधी पब्लिक ज्ञान ज्योती स्कुल तुलसिपुर ले हात पारेको छ !
दाङ जिल्ला कबड्डी संघ को आयोजनामा संचालित प्रतियोगिताको आज शुक्रबार सम्पन्न फाईनल खेलमा युथ कबड्डी टिम तुलसीपुर लाई २६ का बिरुद्ध ४९ अंकको स्कोरले पाखा लगाउदै पब्लिक ज्ञान ज्योती ले उपाधी हात पारेको हो ! उसले नगद १२ हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्दा उपबिजेता युथ कबड्डी तुलसिपुरले नगद सात हजार,मेडल प्रमाणपत्र मा चित्त बुझाउन बाध्य भयो ! त्यस्तै तृतीय घोराही एफए र रोजिबर्ड्स स्कुल लमही भए !
स्थानिय स्तरमा कबड्डी खेलको पहुँच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्ला का ७ टिम को सहभागिता रहेको थियो !
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको जिल्लाको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै तुलसिपुर ५ मा रहेको अरनिको खेल मैदानमा प्रतियोगिता संचालन गरिएको थियो !
यसैविच प्रतियोगिताको समापन समारोह दाङ जिल्ला कबड्डी संघ का अध्यक्ष रोशन ओलिको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका वडा न ५ का सदस्य कुमारी साबित्रा गुरुङ को प्रमुख आतिथ्य मा भएको सुजन थापा ले जानकारी दिएका छ्न् !