मलाई नेपालका सबै सडकमा पुग्न मन छ:अनमोल केसी

पुष १२, २०७७


नायक अनमोल केसी चलचित्र ‘ए मेरो हजुर ४’ को ९० प्रतिशत छायांक सकेर घरमै आराम गरिरहेका छन् । दशै अगाडिबाट सुरु भएको चलचित्रको दौडधुपले अनमोलले आफूलाई पर्याप्त समय दिन पाएका थिएनन् । उनै, अनमोल अहिले भने नेपालका विभिन्न रमणीय स्थानमा घुमिरहेका छन् ।

अनमोल भन्छन्–‘मलाई नेपालका सबै सडकमा पुग्न मन लागेको छ । नेपाल प्राकृतिक रुपमा स्वर्ग हो । ती सबै स्थानमा पुग्ने इच्छा छ । हेरौ, कती संभव हुन्छ । चलचित्र ‘ए मेरो हजुर ४’का लागि अनमोल करिब १० केजी दुब्लाउनुपर्ने हुन्छ । यसका लागि पनि आफू तयार हुँदै गरेको अनमोलले बताए, यो चलचित्रमा उनको ३ वटा चरित्र छ ।

२ वटा चरित्र उनले निर्वाह गरिसकेका छन् भने एउटा चरित्रको छायांकन फागुणमा सुरु हुनेछ ।अनमोलले जाडोमा छायांकन नगरौ भनेपछि निर्माता सुनिलकुमार थापाले केही महिनालाई चलचित्रको छायांकन पछि सारेका हुन् । नायक अनमोल केसी शान्त ठाउँमा रमाउँछन् । चलचित्रबाट विश्राम पाएपछि आफू नेपालको सुन्दरतासँग रमाउन थालेको अनमोलले बताए ।