क्रिस मोरिस आईपीएल इतिहासमै सबैभन्दा महँगोमा बिक्री

फागुन ०६, २०७७


काडमाडौं । दक्षिण अफ्रिकाका खेलाडी क्रिस मोरिस इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासको सबैभन्दा महँगो मूल्यमा बिक्री हुने खेलाडी बनेका छन् । उनी १६ करोड २५ लाख भारुमा बिकेका हुन् ।

बिहीबार चेन्नाईमा भएको ‘मिनि अक्सन’मा उनलाई राजस्थानले १६ करोड २५ लाखमा किनेको हो । यसअघि, रोयल च्यालेन्जर्स बैंगलोरले १६ करोड भारुमा युवराज सिंहलाई किनेको थियो । आईपीएलमा त्यो कुनै खेलाडीको लागि सर्वाधिक मूल्य थियो ।

पछिल्लो सिजन मोरिस रोयल्स च्यालेन्जर्स बैंगलोरबाट खेलेका थिए । मोरिसले सन् २०२० को आईपीएलमा ९ खेलमा ११ विकेट लिएका थिए । उनले आईपीएलमा हालसम्म ७० खेलमा ८० विकेट लिएका छन् ।

आईपीएलको नयाँ सिजमनमा उत्कृष्ट खेल खेल्ने खेलाडीको रूपमा उनलाई लिइएको छ ।