खुला पुरुष भलिबल प्रतियोगिता सुरु

माघ २३, २०७७     लक्ष्मण बस्नेत



गोरखा ट्रेनिङ र एकता पोल्टिको बिजयी सुरुवात

दाङ तुलसीपुरको बालापुरमा जिल्ला कै सर्वाधिक ठूलो पुरस्कार राशी को खुला भलिबल प्रतियोगिता २०७७ आज सुक्रबार देखि सुरु भएको छ ।
सक्सेस फुटबल क्लब तुलसिपुर दाङको आयोजना तथा तुलसिपुर उपमहानगरपालिका वडा न २ र दङ्गीशरण गाउँ पालिका वडा न ५ को संयुक्त तत्तवधानमा संचालित प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तुलसिपुर उपमहानगरपालिका वडा न २ का वडा अध्यक्ष राजु आचार्य ले गर्नु भएको हो । उद्घाटन समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथी आचार्य ले मानव स्वास्थ्य र समृद्धि को आधार स्तम्भ सिङ्गो खेल क्षेत्रको बिकास तत्कालको आबश्यक्ता भएको बताउनु भएको छ । खेलकुद मानव जिवनको अभिन्न अङ्ग हो यसको बिकास मा सबैको उत्तिकै चासो र चिन्तन हुन जरुरी छ अनि मात्र खेलकुद क्षेत्र ले अपेक्षाकृत रुपमा फड्को मार्ने छ उहाँ ले भन्नू भयो ।
आयोजक क्लबका अध्यक्ष सुरज ओलि को अध्यक्षता मा भएको कार्यक्रममा कार्यक्रममा बिशिस्ट अतिथी तुलसिपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली माइकल,नेपाली काग्रेस दङ्गिशरण गाउँ पालिका ईकाइ सभापती सोभाकर न्यौपाने,नेकपा तुलसिपुर २ का अध्यक्ष अम्बिका प्रसाद योगि लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रतियोगिताका संयोजक ढुण्डी राज न्यौपानेको स्वागत मन्तब्य रहेको कार्यक्रममा नेपाली सस्कृती झल्किने विभिन्न नृत्य प्रस्तुत गरिएको थियो ! कार्यक्रमको संचालन प्रतियोगिता मुल आयोजक समितिका सदस्य दुर्गा गिरि ले गर्नु भएको थियो ।
स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकास मा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । यसैबीच जारी प्रतियोगिता मा गोरखा ट्रेनिङ सेन्टर तुलसिपुर र एकता पोल्टी ब्रीडिङ प्राली तुलसिपुर २ ले बिजयी सुरुवात गरेका छन ! गोरखा ले दङ्गिशरण ६ लाई २-० को सोझो सेटमा पाखा लगाउदै बिजयी सुरुवात गरेको हो भने राप्ती स्वर्गद्वारी लाई २-१ को सेटमा पराजित गर्दै एकता पोल्टी ले बिजयी सुरुवात गरेको हो ! प्रतियोगिता अन्तरगत भोलि सनिवार पहिलो खेलमा एकता पोल्टी ब्रीडिङ तुलसिपुर २ र जनप्रीय बोर्डिङ स्कुल बालापुर भिड्नेछ्न् ! खेल बिहान साढे आठ बजे हुनेछ ! प्रतियोगिता को रेफ्रीमा भलिबलका रास्ट्रीय रेफ्री हरिश ओलि,प्रदेस रेफ्री भरत कवर, भिम बहादुर डागी,राधा बुढाथोकी रहनु भएको छ ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै तुलसिपुर २ मा अबस्थित मा.बि. बालापुर खेल मैदानमा प्रतियोगिताका खेलहरु संचालन हुनेछ्न ।
प्रतियोगिता को बिजेता,उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ७५,५० र ३० हजार तथा कप,मेडल तथा प्रमाणपत्र हात पार्ने आयोजक ले जानकारी दिएको छ ।