आलिया र अजय पहिलोपटक एउटै फ्रेममा

फागुन २०, २०७७


मुम्बई । अभिनेता अजय देवगन र अभिनेत्री आलिया भट्ट पहिलोपटक एउटै क्यामेरा फ्रेममा कैद हुने भएका छन् । यी दुई कलाकारलाई चलचित्र ‘गंगुबाई कडियावाडी’ ले एउटै फ्रेममा ल्याउने भएको हो ।

अभिनेत्री आलियाको मुख्य अभिनय रहेको ‘गंगुबाई कठियावाडी’ मा अभिनेता अजय विस्तारित गेस्ट आर्टिस्टको भूमिकामा देखिँदै छन् । करिब २२ वर्षपछि अजय सञ्जयलीला भन्सालीको चलचित्रमा देखिन लागेका हुन् । 

एक स्रोतलाई उल्लेख गर्दै बलिउड हङ्गामा लेख्छ- “चलचित्रमा आलिया मुख्य भूमिकामा छन् । उनीभन्दा अरु महत्त्वपूर्ण पात्र चलचित्रमा छैन । अजय देवगन चलचित्रको एउटा महत्त्वपूर्ण दृष्यमा देखिँदै छन्, जहाँ उनीहरु आगो र बरफका रुपमा आमने-सामने हुनेछन् ।”