‘आँधी तुफान २’ को घोषणा

फागुन २०, २०७७


काठमाडौं – मदन घिमिरेको निर्देशनमा फिल्म आँधी तुफान २ बन्ने भएको छ । एक पात्रको हत्या भएपछि घटनाको अनुसन्धानका लागि परिचालित हुने तीन युवतीको कथामा बन्ने यस फिल्ममा लेखकमा मौनता श्रेष्ठ रहेका छन् । 

फिल्ममा मुकुन्द थापा, ध्रुव कोइराला, कनिज कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, आरती आचार्य, पूनम गौतम, सान अधिकारी, याङ्सु श्रेष्ठ, सोनी बीसी लगायतका कलाकारको अभिनय रहेको छ । यस फिल्ममा युवतीको धमाकेदार एक्सन रहनेछ । 

फिल्ममा रामशरण उप्रेतीको छायांकन  र संगीत रहनेछ । फिल्म ‘आँधी तुफान’मा ऋचा घिमिरे, पूजना प्रधान र रञ्जु लामिछानेको मुख्य अभिनय रहेको छ । यस फिल्मलाई दर्शकले निकै रुचाएका थिए ।