आउँदो दसैंमा ‘कबड्डी–४’ रिलिज हुने

फागुन २२, २०७७


काठमाडौं । निर्देशक रामबाबु गुरुङको चलचित्र ‘कबड्डी–४’ ०७८ असोज १५ गते रिलिज हुने भएको छ । केही दिन अगाडि निर्माणको घोषणा गरेका गुरुङले रिलिज डेट पनि सार्वजनिक गरेका हुन् । 

‘कबड्डी–४’ अन्तिम सिरिज हुने पनि उनले बताएका छन् । 

बासुरी फिल्म प्रोडक्सनको प्रस्तुति चलचित्र ‘कबड्डी–४’ को कथा निर्देशक स्वयंले लेखेका छन् । अन्य स्क्रिप्टमा पनि काम गरेका उनले सुरुमा ‘कबड्डी–४’ लिएर आउन लागेका हुन् । 

उनले पछिल्लो समय धुर्मुस–सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’ निर्देशन गरेका थिए ।