रहेनन कलाकार सन्दिप भुसाल

बैशाख २९, २०७८     सम्पूर्ण कुरा


कलाकार सन्दिप भुषालको उपचारको क्रममा निधन भएको छ । कोरोना सङ्ग जुधेका उनि ६ दिन अघि मात्र स्वास्थ्यमा केही सुधार भए पछि भेण्टिलेटर सहितको उपचार पस्चात सघन उपचार कक्ष ( ICU) मा उपचार भईरहेको थियो । काठमाण्डाै स्थित मेडिसिटि अस्पतालमा उपचार गराईरहेको बेला उनको निधन भएको हो । उनले थुप्रै टेलिसिरियल देखि लिएर थुप्रै नेपाली चलचित्रमा आफ्नो अभिनय प्रस्तुत गरिसकेका थिए भने “बाचा”,”पुरानो हुदैन माया” लगायतका नेपाली चलचित्रहरुको निर्माण समेत गरिसकेका थिए । हाल उनी कलाकारिता सङ्गसङ्गै ब्यबसायमा समेत सकृय थिए । साथै “सम्पूर्ण कुरा” मृतकको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रती ईस्वरले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून् भनी गहिरो समबेदा प्रकट गर्दछ । उनको निधनले दाङको कलाकारिता क्षेत्रमा अपुरणिय क्षति पुगेको छ ।