२ वर्षका लागि मेसी पिएसजीमा अनुबन्धित

साउन २६, २०७८


हालै बार्सिलोनाबाट बिदा भएका अर्जेटिनी खेलाडी लियोनेल मेसी फेन्च क्बल पिएसजीमा आवद्ध भएका छन् । पिएसजीको राखेको प्रस्तावमा सोमबार सहमति जनाउँदै उनले दुई वर्षका लागि सम्झौता गर्न लागेका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार ३५ मिलियन युरोमा उनी पिएसजी भित्रिएका हुन् । पिएसजीले अब चाँडै मेसीलाई अ‍ौपचारिक रुपमा सार्वजनिक गर्नेछ । बार्सिलोनामा १७ वर्ष बिताएपछि मेसीले आइतबार क्लब छोडेका हुन् ।