केन्द्रीय कमिटीअघि माओवादी स्थायी समिति बैठक

साउन २९, २०७८


साउन २९, माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबार अपराह्न बस्ने भएको छ । अपराह्न ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने लागेको हो । शनिबार माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ । त्यसैको तयारीका लागि स्थायी समिति बैठक बोलाइएको केन्द्रीय कार्यालयले जनाएको छ । यसअघि २० साउनका लागि तय भएको केन्द्रीय कमिटी बैठक शनिबारका लागि सारिएको छ । स्थायी समितिमा छलफल हुने विषयहरू सार्वजनिक गरिएको छैन ।