विएस्सीमा ज्ञानदिप जिल्ला उत्कृष्ट

साउन २९, २०७८     सम्पूर्ण कुरा


 त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय बल्खुले भर्खरै प्रकाशन गरेको बि.एस्सी तेस्रो वर्षको नतिजामा तुलसीपुरमा रहेको ज्ञानदिप कलेजकी छात्रा गीता आचार्य जिल्ला उत्कृष्ट भएकी छिन् ।

आचार्यले ७५ प्रतिशत अंक ल्याएर जिल्ला उत्कृष्ट गरेको कलेज प्रमुख सुरेन्द्र जिसीले दावी गरेका छन् । ज्ञानदीप कलेजबाट वि.एस्सी तेश्रो वर्षको परीक्षामा सम्मिलित ३३ जना विद्यार्र्थी उत्तिर्ण भएका छन् । स्नातक तहको बि.एस्सीमा यति धेरै विद्यार्थी उत्तिर्ण हुनु उल्लेखनिय भएको ज्ञानदिप कलेजका सहायक प्रमुख मनोजकुमार केसीले वताएका छन् ।

कलेजले स्थापना कालदेखि नै जिल्लामा निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । त्यसैगरी शैक्षिक संयोजक शरद गौतमले कलेजले उत्कृष्ट नतिजा ल्याउन महत्वपुर्ण योगदान दिनुहुने शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभ चिन्तकहरुमा हार्दिक आभार प्रकट गरेका छन् ।