थपिए २,६२४ संक्रमित, १,३२० जना संक्रमणमुक्त, २० को मृत्यु

साउन ३०, २०७८     सम्पूर्ण कुरा


पछिल्लो २४ घन्टामा २ हजार ६ सय २४ जना कोरोना संक्रमित थपिएका छन्।

८ हजार ६ सइ ६७ जनाको पीसीआर परीक्षणमा १ हजार ९ सय ४७ जना र ४ हजार ९ सय ६ जनाको एन्टिजेन परीक्षणमा ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको  स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो समय थपिएको सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५ हजार १ सय ९० पुगेको छ

सोही अवधिमा १ हजार ३ सय २० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८० हजार ८ सय १५ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमण २० जनाको मृत्यु भएको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार २ सय ५९ पुगेको छ। 

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४ सय ५ रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ३६ हजार २ जना होम आइसोलेसनमा छन् भने ३ हजार ४ सय ३ जना संस्थागत आइसोलेसनमा छन्।

कोरोनाका सक्रिय संक्रमितमध्ये ७ सय ६० जनाको आइसीयुर १ सय ८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयद्वारा सार्वजनिक विवरणमा उल्लेख छ।