गण्डकीमा एमालेको छायाँ सरकार

साउन ३०, २०७८     सम्पूर्ण कुरा


गण्डकी प्रदेशको प्रमुख प्रतीपक्ष दल एमालेले छायाँ सरकार बनाएको छ । कांग्रेसले छायाँ सरकार गठन गर्दा विरोध जनाउँदै आएको एमालेले आफैंले छायाँ सरकार गठन गरेको हो । गण्डकी प्रदेशअन्तर्गत शुक्रबार बसेको एमाले संसदीय दलको बैठकले ११ मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह बनाएको दलका प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए ।उनका अनुसार नयाँ गठित समितिले ११ वटै मन्त्रालयको कार्य प्रगति हेर्नेछन् । उनले मन्त्रालयको काम हेर्ने गरी संसदीय समूह बनाएको प्रमुख सचेतक अधिकारीले बताएका छन् । एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले संसद्‌मा विश्वासको मत नपाएपछि उनी नेतृत्वको सरकार गत जेठ २७ मा ढलेको थियो ।