कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म [कार्यतालिकासहित]

साउन ३०, २०७८     सम्पूर्ण कुरा


कांग्रेसको केन्द्रीय महाधिवेशन आउँदो मंसिर ९ देखि १३ गतेसम्म हुने भएको छ । केन्द्रीय कार्यसमितिको शनिबार बसेको बैठकले भदौ १८ गतेबाट वडास्तरको अधिवेशन सुरु गर्दै मंसिरमा केन्द्रीय महाधिवेशन सकाउने निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । 

संविधानको धारा २६९ (४) (ख) भनिएको छ, ‘राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ । तर, विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसके ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन ।’ संविधानको यो व्यवस्थाअनुसार कांग्रेसको कार्यकाल भदौ १९ बाट साढे ५ वर्ष सकिँदैन ।

कांग्रेसले म्याद सकिन लागेको अवधिमा अधिवेशन सुरु गरेको व्याख्या गर्दै मंसिरमा महाधिवेशन सकाउने निर्णय लिएको हो ।

यस्तो छ, कांग्रेसको १४ औं महाधिवेशनको प्रस्तावित कार्यतालिका

– गाउँ, नगर वडा अधिवेशन (२०७८ भदौ १८ गते)

– गाउँ, नगरपालिका अधिवेशन (२०७८ भदौ २७ गते)

– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (२०७८ असोज १ गते)

– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन (२०७८ असोज ५ गते)

– एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन (२०७८ असोज १० गते)

– प्रदेश अधिवेशन (कात्तिक १०, ११ र १२ गते)

– केन्द्रीय महाधिवशेन (२०७८ मंसिर ९ गतेदेखि सुरु)