अनमोल र सुहानाको ए मेरो हजुर-४ को ‘फूलको थुंगा’ गीत सार्वजनिक

फागुन ०२, २०७८


अनमोल केसी र सुहाना थापाको नयाँ फिल्म ए मेरो हजुर ४ को गीत सार्वजनिक भएको छ । ‘फूलको थुंगा’ बोलको गीत शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । यो गीत अस्मिता अधिकारी र सुगम पोखरेलले गाएका हुन् । गीतको भिडिओमा अनमोल र सुहाना थापा रोमान्टिक मुडमा देखिएका छन् । भिडिओमा सुन्दर प्राकृतिक सुन्दरता देखाउन खोजिएको छ ।

यस गीतको हुक लाइन सुहानाकी आमा झरना थापा र स्वर्गीय श्रीकृष्ण श्रेष्ठ अभिनित ए मेरो हजुरु फिल्मको ‘फूलको थुंगा हौ कि’ भन्ने गीतबाट साभार गरिएको छ । उदितनारायण झा र दिपानारायण झाले गाएको फूलको थुंगा हौ कि गीत त्यो बेला अत्यधिक चर्चित थियो । ए मेरो हजुर ४ आउँदो वैशाख १ गते रिलिज हुँदैछ ।