प्रदर्शनीमा उल्लेखीय भिड

फागुन २८, २०७८


दाङ, २८ फागुन ।

दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भएकोे दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को तेस्रो दिन शनिवार उल्लेखीय सहभागिता रहेको थियो । प्रदर्शनीमा दैनिक भिड बढदै गएको छ । विहान देखि साँझ सम्म पनि दर्शकको उल्लेखीय सहभागिता रहेको थियो । प्रदर्शनीमा रहेका पसलहरुमा ग्राहकको भिड रहेको थियो । प्रदर्शनीमा आएका राष्ट्रिय कलाकारहरु तथा स्थानिय कलाकारहरु संगै रमाएका थिए । चर्को घामको प्रवाह नगरी नागरिकहरु कलाकारहरु संगै संगै नाचेका थिए । नागरिकहरुलाई घाम वाट बचाउन टेन्ट र बस्नका लागि दरीको समेत व्यवस्था गरिएको छ । यसले नागरकलाइ बस्न समेत सहजता भएको छ । प्रदर्शनीमा युवायुवतीहरुको सहभागिता बढी रहेको थियो । शनिवार कलाकारहरु खुमन अधिकारी, टिका पुन , प्रकास रेग्मी , भागिरथ चलाउने, दिपाशा वि सी, अभिषेक खडका, विष्णुमाया पौडेल, सापटी काका र घिरौले मेरी बासैका हास्यकलाकारहरु तथा स्थानिय कलाकारहरुले दर्शकलाई नचाएका थिए । शनिवार दाङ र प्युठान, नवलपरासी र पुर्व रुकुमको विच प्रतियोगीतामा दाङ जिल्ला उद्योग बाणिज्य संघ विजयी भएको छ । प्रदर्शनीमा हेलीकप्टर बाट स्वर्गद्धारी जाने तथा जिल्लाको अवलोकन गर्नेहरुको सङख्या उल्लेखीए देखिएको छ । भने वालवालिकाहरु वल उद्यान्नमा रमाएका थिए । संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी सञ्चालन भइ रहेको छ ।