प्रदर्शनीमा खुल्ला कविता प्रतियोगीता

चैत ०६, २०७८


दाङ, ६ चैत ।

दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भइरहेकोे दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ मा खुल्ला कविता प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा सिर्जना शर्मा प्रथम, रितु खनाल द्धितीय, केशवराज देवकोटा तृतीय, निमबहादुर थापा सान्त्वना भएका थिए । प्रतियोगीताका निर्णायकहरुमा दीपक शर्मा (समिर) , भुवन देवकोटा (शरद) , खगराज न्यौपाने, केशव थापा, डा हिमलाल पन्थी र हरिप्रसाद पोख्रेल रहेका थिए । प्रतियोगीताका विजेतालाई नगद तथा प्रमाण प्रदान गरिएको थियो । पहिलो चरण बाट छनोट भएका लाई दोस्रो चरण बाचन गरेका थिए ।

प्रदर्शनीमा दैनिक दर्शकको आषर्कण बढदै गएको छ । दिउसो चर्को घामको पनि प्रभाव नगरि उनीहरु रमाउने गरेका छन् । विहान देखि साँझ सम्म नै कलाकारहरु संगै रमाउने गरेका छन् । प्रदर्शनीमा दैनिक नागरिकहरुको सहभागिता वढदै गएको मुल आयोजक समितीले जनाएको छ । प्रदर्शनीको एघारौ दिन पनि साँझ सम्म पनि दर्शकको उल्लेखीय सहभागिता रहेको थियो । प्रदर्शनीमा रहेका पसलहरुमा ग्राहकको भिड रहेको थियो । ग्राहकले आफुलाई आवस्यक पर्ने सामाग्रीहरु खरिद गरेर लग्ने गरेका छन् । प्रदर्शनीमा आएका राष्ट्रिय कलाकारहरु तथा स्थानिय कलाकारहरुलाइ नाचेर साथ दिएका थिए । चर्को घामको प्रवाह नगरी नागरिकहरु कलाकारहरु संगै संगै रमाएका थिए । दर्शकहरुलाई घाम बाट बचाउन टेन्ट र बस्नका लागि दरीको समेत व्यवस्था गरिएको छ । यसले दर्शकहरुलाइ बस्न समेत सहजता भएको छ । प्रदर्शनीमा युवा युवतीहरुको सहभागिता बढी रहेको थियो ।

आइतवार शिव परियार, सन्दीप न्यौपाने, रिता रावत, मालती घले, प्रेमविवस घर्ति, टोपेन्द्र विष्ट, उमादेवी खनाल साथै अन्य कलाकारहरुको प्रस्तुती राखेका थए । सोमवार प्रमोद खरेल, कृष्ण काफले, रिया घले, अनु रानामगर, सुनिता अधिकारी, सगुन थापा, शरद समिप, देवेन्द्र वस्नेत, शसि शर्मा मजगैया तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने भएको छ ।

प्रदर्शनीमा बालवालिकाहरु बाल उद्यान्नमा रमाउने गरेका छन् । संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी सञ्चालन भइ रहेको छ । प्रदर्शनीमा ५ लाखले अवलोकन गर्ने तथा २० करोड बढीको कारोवार हुने मुख्य आयोजक समितीले जानकारी दिएको छ । प्रदर्शनीमा दैनिक धार्मिक पुर्जा, पाठ तथा अखण्ड दिप प्रज्वलन भइ रहेको मुल आयोजक समितीले जनाएको छ । त्यसैगरेर लुम्विनी प्रदेश स्तरीय उद्योग वाणिज्य संघहरु विच लोक दोहोरी प्रतियोगीता पनि सञ्चालन भइ रहेको छ ।