युरोकप: स्पेन र फ्रान्स बराबरीमै रोकिए

असार ०६, २०७८


काठमाडौँ : यसपटकको युरो च्याम्पियनशिप फुटबलमा बलिया टिम फ्रान्स र स्पेनले बराबरी नतिजा निकाल्ने प्रदर्शन गरेका छन् । शनिबार राती भएका खेलमा फ्रान्सले हंगेरीसँग एक एक गोलको बराबरी खेल्दा स्पेनले टर्कीसँग पनि बराबरी खेलेको हो । 

नतिजा एक-एक नै रह्यो । तुलनात्मक रुपमा कमजोर टिम मानिएको हंगेरीमाथि फ्रान्सले सहजै जित निकाल्ने अनुमान थियो । तर सम्भव भएन । पहिले गोल खाएपछि दबाबमा परेको फ्रान्सका लागि एमबाप्पेको उत्कृष्ट पासमा एन्टोइनी ग्रिजमेनले बराबरी गोल फर्काए । जुन बराबरी गोलले फ्रान्सलाई समूह एफको शीर्ष स्थानमा राख्यो । जर्मनी र पोर्चुगल पनि यो समूहमा छन् । जसकारण अन्तिम खेल अब प्रतिष्पर्धात्मक हुनेछ ।

यता स्पेनले पनि टर्कीसँग बराबरी खेल्यो । दुई पटक युरो जितिसकेको स्पेनले टर्कीमाथि सहजै जित निकाल्ने अनुमान थियो । तर संसारकै उत्कृष्ट खेल शैली भएको स्पेनले टर्कीसँग एक एक गोलको नतिजामा चित्त बुझायो ।

स्पेनका लागि अल्भारो मोराटाले गोल गर्दा टर्कीका लेवान्डोस्कीले बराबरी गोल गरेर खेल बराबरीमा ल्याईदिए । यो नतिजाले स्पेनलाई अघिल्लो चरण पुग्ने सकस छ । अब अन्तिम खेलमा जित निकाल्न नसके स्पेन समूह चरणबाट घर फर्किनुपर्ने हुन्छ । 

समूह ई मा रहेको स्पेन दुुई खेलबाट दुई अंकसहित तेस्रो स्थानमा छ । यो समूहको शीर्ष स्थानमा स्वीडेन छ भने स्लोभाकिया दोस्रो स्थानमा छ ।