सात वर्षपछि बायर्न च्याम्पियन्स लिगको फाइनलमा

भदौ ०४, २०७७


४ भदौ, काठमाडौं । सर्जि नाब्रीको दुई गोल मद्दतमा लियोनलाई पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

पोर्चुगलको लिस्वनस्थित जोस अल्भालेड स्टेडियममा बुधबार राति भएको खेलमा बायर्नले फ्रेन्च क्लब लियोनलाई ३-० ले पराजित गरेको हो ।

बायर्न २०१३ पछि पहिलो पटक च्याम्पियन्स लिग फाइनल पुगेको हो । बायर्नले अब उपाधिका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग खेल्नेछ । पिएसजीले पहिलो सेमिफाइनलमा जर्मनीको आरबी लाइपजिगलाई पराजित गरेको थियो । बायर्न र पिएसजी बीचको फाइनल खेल अगष्ट २३ मा हुनेछ ।