प्रिमियर लिगको खेल तालिका सार्वजनिक

भदौ ०५, २०७७


५भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २०२०-२१ का लागि खेल तालिका सार्वजनिक भएको छ । प्रिमियर लिगले बिहीबार नयाँ सिजनको खेल तालिका सार्वजनिक गरेको हो । जसमा ३० वर्षपछि प्रिमियर लिग उपाधि जितेको लिभरपुल र १६ वर्षपछि प्रिमियर लिगमा फर्केको लिड्स युनाइटेड पहिलो दिनै खेल्नेछन् ।

नयाँ सिजनको लिग आगामी सेप्टेम्बर १२ मा सुरु हुँदैछ । यसैगरी पहिलो दिन लेस्टर सिटीले वेष्टब्रुमको भ्रमण गर्नेछ । बर्सनलले फुलहमसँग उसैको मैदानमा गएर खेल्नेछ भने टोटनहमले घरेलु मैदानमा एभरटनसँग खेल्नेछ । यस्तै क्रिस्टल प्यालेस र साउथह्याम्पटन तथा वेष्टह्याम र न्यूकनसल युनाइटेडबीच पनि त्यही दिन खेल हुनेछ ।