सन्दीप सम्मिलित जमैका पराजित

भदौ ०५, २०७७


५ भदौ काठमाडौं । नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाहजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा पहिलो हार व्यहोरेको छ । शुक्रवार बिहान सम्पन्न खेलमा ट्रिनबागो नाइट राइडर्सले जमैकालाई ७ विकटले पराजित गरेको हो ।

ट्रिनबागोलाई लगातार दोस्रो जित दिलाउन सुनिल नारिनले अलराउण्ड प्रदर्शन गरे । उनले लगातार दोस्रो खेलमा अर्धशतक बनाउँदा बलिङमा १ विकेट लिए । नारिनको अर्धशतक र कोलिन मनरोको अविजित ४९ रन मद्दतमा ट्रिनबागोले १३६ रनको लक्ष्य १८.१ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो । नेपाली क्रिकेटर सन्दीप लामिछानेले १ विकेट लिए । उनले नारिनलाई कार्लोस ब्रेथबेइटको हातबाट क्याचआउट गराए । पहिलो खेलमा पनि सन्दीपले १ विकेट लिएका थिए । सन्दीपले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिएका हुन् ।