चर्चित क्रिकेटर क्रिस गेलले जिते कोरोना, आइपिएलको लागि अभ्यासमा भाग लिदै

भदौ १०, २०७७


काठमाडौं – वेष्ट इन्डिजका चर्चित क्रिकेटर क्रिस गेलले कोरोनाभाइरसलाई जित्न सफल भएका छन् । केही समय अघि उनलाई कोरोना संक्रमण देखिएको थियो । उनको पछिल्लो २ रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । 

उनले कोरोनालाई जितेपछि आइपिएल खेल्ने बाटो खुलेको छ । आइपिएल युएईमा आगामी सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुँदैछ । पञ्जाबका मुख्य खेलाडी समेत रहेका गेलले अब चाडै नै अभ्यासमा भाग लिने बताइएको छ । 

उनको टिम युएई गएर क्वारेन्टाइनमा बसिरहेको छ। गेल पनि अब युएई गएर ६ दिनको क्वारेन्टाइनमा बस्नेछन् । क्वारेन्टाइनको बसाईपछि उनी अभ्यासमा भाग लिनेछन् । 

गेल जमैकन धावक उसेन बोल्टको जन्मदिनको पार्टीमा सहभागी भएका थिए । बोल्ट पनि कोरोना पोजेटिभ आएपछि अहिले आइसोलेसनमा छन् ।