सन्दीपले उत्कृष्ट बलिङ गरे पनि जमैका पराजित

भदौ ११, २०७७


काठमाडौं – क्याराबिन प्रिमियर लिग (सीपीएल) अन्तर्गत बिहिबार भएको खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाज पराजित भएको छ ।

ट्रिनिडाड एण्ड टोबेगामा भएको उक्त खेलमा सन्दीप लामिछानेले राम्रो प्रदर्शन गरे पनि जमैका बार्बडोस ट्रिडेन्ट्ससँग ३६ रनले पराजित भयो । 

उक्त खेलमा जमैकाको बलिङ राम्रो भए पनि ब्याटिङ राम्रो हुन सकेन । बार्बडोस ट्रिडेन्ट्सविरुद्ध भएको उक्त खेलमा सन्दीपले राम्रो खेल्दा खेल्दै पनि टिमलाई जिताउन सकेनन् । 

टस हारेर पहिले ब्याटिङ गरेको बार्बडोस ट्रिडेन्ट्सले २० ओभरमा ७ विकेट गुमाएर एक सय ४८ रन बनायो ।  बार्बडोस ट्रिडेन्ट्सका लागि कायल मेयर्सले सर्वाधिक ८५ रन बनाएका थिए ।

त्यस्तै खेलमा जमैका तलाबाजका मुजीब उर रहमानले ३ विकेट लिए भने सन्दीपले २ विकेट लिए । त्यस्तै फिडेल इडवार्ड र कार्लोस ब्रेथवेटले एक एक विकेट लिए । 

१४९ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ९ विकेट गुमाएर ११२ रन मात्र बनायो । खेलमा जमैकाका खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् । यससँगै ५ खेलमध्ये ३ खेलमा पराजित भएको जमैका अंक तालिकामा पाँचौं स्थानमा रहेको छ ।