म्यानचेस्टर युनाइटेडका पोग्बा र टोटेनह्यामका एन्डोम्बेलेलाई कोरोना संक्रमण

भदौ १२, २०७७


काठमाडौं – म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि फ्रान्सेली राष्ट्रिय टोलीबाट हटाइएको छ। 

उनलाई नेशन्स लिग फुटबलका लागि फ्रान्सको राष्‍ट्रिय टोलीमा समावेश गरिएको थियो । अब उनी आइसोलेसनमा बस्नु पर्ने भएको छ । 

उनी १४ दिन सेल्फ आइसोलेनसमा बस्नुपर्नेछ तर युनाइटेडको प्रि-सिजन तयारी भने अर्को हप्ताबाट शुरु छ । त्यस्तै टोटेनह्यामका टड्गे एन्डोम्बेलेलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।