यूएई पुगेका १० बढी भारतिय खेलाडीमा देखियो कोरोना संक्रमण

भदौ १३, २०७७


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न यूएई पुगेका भारतीय क्रिकेट खेलाडीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । 

२१ अगष्टमा यूएई पुगेको चेन्नइ सुपर किंग्सका बलरसहित १० बढी खेलाडीमा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमित हुनेहरुमा टोलीमा सदस्यहरु पनि रहेको भारतिय मिडियामा जनाइएको छ । 

यूएइ पुगेर क्यारेन्टाइनमा बसेका खेलाडी र प्रशिक्षक, व्यवस्थापक, सहयोगीहरुको परिक्षण गर्ने क्रममा कोरोना पोजेटिभ देखिएको हो ।