डिपेको ह्याट्रिकमा लियोनको सानदार जित

भदौ १३, २०७७


काठमाडौं – शुक्रबार राति फ्रेन्च लिग अन्तर्गत भएको खेलमा लियोनले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा लियोनले  डिजोनलाई ४–१ गोलले पराजित गर्न सफल भयो । 

उक्त खेलमा लियोनका लागि कप्तान मेपिस डिपेले ह्याट्रिक गरे । उक्त खेलको पहिलो हाफको १४औं मिनेटमा नै डिजोनले अग्रता पायो । 

त्यसपछि पहिलो हाफ सकिने ६ मिनेट रहदा डिपेले गोल गर्दै लियोनलाई बराबरीमा पुर्याए । त्यसपछि डिजोनका वस्ले लोटोआले आफ्नै पोष्टमा गोल हाने । 

त्यसपछि फेरि डिपेले गरी लियोनलाई ३-१ गोलको अग्रता दिलाए । त्यसपछि खेलको ६६औं मिनेटमा  डिपेले अर्को गोल गरी टिमलाई जित दिलाए। जितसँगै लियोनले ३ अंक जोडेको छ ।