कम्युनिटी शिल्ड फुटबलको उपाधि आर्सनललाई

भदौ १४, २०७७


काठमाडौं – शनिवार कम्युनिटी शिल्ड फुटबल अन्तर्गत भएको खेलमा आर्सनलले सानदार जित निकालेको छ । 

वेम्बली स्टेडियममा भएको उक्त खेलमा आर्सनलले लिभरपुललाई पराजित गर्दै कम्युनिटी शिल्ड फुटबलको उपाधि हात पारेको हो । उक्त खेलमा आर्सनलले लिभरपुललाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्यो ।  एक एक गोलको बराबरीमा सकिएको उक्त खेलमा आर्सनलले पेनाल्टीमार्फत उपाधि जित्यो । यससँगै आर्सनलले १६औं पटक कम्युनिटी शिल्डको उपाधि जितेकोछ ।