लियोनले जित्यो वुमेन्स च्याम्पियन्स लिग

भदौ १५, २०७७


पेरिस — लियोनले आइतबार लगातार पाँचौं पल्ट युरोपेली वुमेन्स च्याम्पियन्स लिग जितेको छ । सान सबास्टिनमा भएको फाइनलमा उसले उल्भ्सबर्गलाई ३–१ ले हरायो । लियोनले समग्रमा यो उपाधि जितेको यो कीर्तिमान सातौं पल्ट हो । खेलमा इगेनी ले सोमर साकी कुमागाइको गोलले लियोनले सुरुआत २–० को अग्रता लिएको थियो । उल्भ्सबर्गका लागि एलेक्जान्ड्रा पोपले एक गोल फर्काएलगत्तै सारा जोर्कले लियोनका लागि तेस्रो गोल गरिन् । सन् २०१० यता युरोपेली महिला फुटबलमा लियोनको एक छत्र राज रहँदै आएको छ ।