महँगो पारिश्रमिकमा काभानी म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

असोज २१, २०७७


काठमाडौं – म्यानचेस्टर युनाइटेडले पेरिस सेन्ट जर्मेन (पिएससी) का पूर्व स्ट्राइकर इडिन्सन काभानीलाई अनुबन्ध गरेको छ । 

युनाइटेडमा अनुबन्धित भएका उरुग्वेका ३३ बर्षिय काभानीले बार्षिक १३ मिलियन डलर पारिश्रमिक पाउने बताइएको छ ।

पिएससीसँग काभानीको सम्झौता गएका जुनमा सकिएको थियो । उनले पिएसजीका लागि मात्रै ३०१ खेलमा २०० गोलको रेकर्ड राखेका छन्।  

अनुबन्धित भएपछि काभानीले म्यानचेस्टर युनाइटेड  विश्वकै उत्कृष्ट क्लबहरुमध्ये एक रहेको बताएका छन् । 

उनले युनाइटेड रहने अवधिभर राम्रो प्रदर्शन गर्दै जितको महसुश गराउने बताएका छन् ।