आईपीएल : बेङ्ग्लोरसँग चेन्नई ३७ रनले पराजित

असोज २५, २०७७


काठमाडौं – शनिबार राति इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले जित निकालेको छ । यूएईमा सम्पन्न उक्त खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले चेन्नई सुपर किङ्सलाई ३७ रनले पराजित गरेको हो ।  

खेलमा बेङ्ग्लोरले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाउदै १ सय ६९ रन बनाएको थियो ।  

उक्त खेलमा चेन्नईका लागि अम्बाती रायाडुले सर्वाधिक ४२ रन, नारायण जागाडिसनले ३३ रन, शेन वाट्सनले १४ रन र कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए । त्यस्तै बलिङ तर्फ बेङ्ग्लोरका लागि क्रिस मोरिसले ३ विकेट र वासिङ्गटन सुन्दरले २ विकेट लिए । 
 
त्यस्तै ब्याटिङ तर्फ बेङ्ग्लोरका लागि कप्तान विराट कोहलीले अविजित ९० र, शिवम डुबेले अविजित २२ रन र देवदूत पडीक्कलले ३३ रन  बनाए ।

त्यस्तै बलिङतर्फ चेन्नईका सार्दुल ठाकुरले २ र साम करण र दिपक चाहरले एक एक विकेट लिए । जितसँगै बेङ्ग्लोर चौथो स्थानमा उक्लिएको छ ।