नेशन्स लिग : जर्मनीको सानदार जित

असोज २५, २०७७


काठमाडौं – गए राति नेशन्स लिग अन्तर्गत भएको खेलमा जर्मनीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा जर्मनीले युक्रेनलाई २-१ गोलले पराजित गरेको हो । 

उक्त खेलमा जर्मनीको लागि गिन्टर र गोरेट्ज्कले गोल गरे भने युक्रेनका लागि मालिनोभ्स्कीले गोल गरे ।

खेलको २० औँ मिनेटमा गिन्टरले गोल गरी जर्मनीलाई अग्रता दिलाए । त्यसपछि खेलको ४९ औँ मिनेटमा जर्मनीका गोरेट्ज्कले गोल गरी टिमलाई अग्रता दोब्बर बनाए । 

त्यसपछि खेलको  ७६ औँ मिनेटमा युक्रेनका मालिनोभ्स्कीले गोल फर्काए । त्यस्तै अर्को खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई १-० गोलले पराजित गरेको छ । ​