आईपीएल : दिल्लीलाई पराजित गर्दै मुम्बई शीर्ष स्थानमा

असोज २६, २०७७


काठमाडौं – शनिबार राति इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा मुम्बई इन्डियन्सले जित निकालेको छ । यूएईमा सम्पन्न उक्त खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको हो । प्रतियोगितामा दिल्लीको यो पाँचौं जीत हो । 

खेलमा दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पूरा गरेको हो। यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।  

उक्त खेलमा मुम्बईका लागि  सुर्यकुमार यादव र ओपनर क्‍विन्टन डिककले अर्धशतकीय पारी खेल्दा समान ५३ रन बनाए । त्यस्तै इशान किशनले २८ रन, रोहित शर्माले ५ रन, कुर्नाल पाण्डेयले १२ रन र केइरन पोलार्ड ११ रन बनाए। 

त्यस्तै बलिङ तर्फ  दिल्लीका लागि कागिसो राबडाले २ विकेट र अक्षर पटेल, रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले एक एक विकेट लिए । जितसँगै मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।