आईपीएल : चेन्नेईसँग हैदराबाद २० रनले पराजित

असोज २८, २०७७


काठमाडौं  -मंगलबार राति इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा चेन्नेईले जित निकालेको छ । यूएईमा सम्पन्न उक्त खेलमा चेन्नेईले सनराइजर्स हैदराबादलाई २० रनले पराजित गरेको हो । 

खेलमा  चेन्नेईले दिएको १६८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउदै १४७ रन मात्र बनाउन सक्यो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।  

उक्त खेलमा बैंगलोरका लागि  हैदराबादकालागि ब्याट्सम्यान केन विलियम्सनले सर्वाधिक ५७ रन जोडे, राशिद खानले १४ रन, जोनी बेरेस्टोले २३ रन र प्रियम गर्गले १६ रन जोडेका थिए ।

त्यस्तै बलिङतर्फ चेन्नईका लागि डुइन ब्राभो र करन शर्माले दुई दुई विकेट र श्यम करन, रवेन्द्र जडेजा र शार्दुल ठाकुरले  एक एक विकेट लिए । 

त्यस्तै चेन्नईका लागि शेन वाट्सले सर्वाधिक ४२ रन, अम्बिती रायडुले ४१ रन र श्यम करन ३१ बनाए । त्यस्तै महेन्द्र सिंह धोनीले २१  बनाउदा रवेन्द्र जडेजाले २५ रन बनाए। 

त्यस्तै बलिङतर्फ हैदरावादका लागि सन्दीप शर्मा, अहमेद र थंगारसुन नटराजनले  दुई दुई विकेट लिए । जितसँगै चेन्नेईले ८ खेलमा ६ अंक भएको छ ।