विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

असोज २८, २०७७


काठमाडौं – विश्व चर्चित खेलाडी तथा पोर्चुगल राष्‍ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । 

krishni-tharu.jpg

उनलाई मंगलबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । रोनाल्डोमा कोरोनाको कुनै लक्षण नदेखिएको पिएफएफले जनाएको छ । उनी अब होम आइशोलेशनमा बस्ने बताइएको छ । 

krishni-tharu.jpg

कोरोना पुष्टि भएका कारण अब उनले नेसन्स लिगअन्तर्गत बिहीबार हुने स्वीडेनसँगको खेल गुमाउने बताइएको छ ।  यसअघि जमैकाका धावक उसेन बोल्ट लगायतका खेलाडीमा पनि कोरोना संक्रमण देखिएको थियो ।