‘डान्सिङ्ग विथ द स्टार्स नेपाल’ को तयारी पूरा, राजेश हमाल पुगे अतिथि बनेर

भदौ १८, २०७७


अन्तराष्ट्रिय डान्स सेलिब्रेटी रियालिटी शो डान्सिङ्ग विथ द स्टार्स को नेपाल भर्सन ‘डान्सिङ्ग विथ द स्टार्स नेपाल’ को तयारी पूरा भएको छ।  चाडै नै टेलिभिजनमा प्रसारण हुने तयारीमा रहेको उक्त शोमा १२ सेलिब्रेटी र उनका कोरियोग्राफरको स्टेजमा प्रफर्म गर्नेछन् ।   हरि खड्का, प्रशान्त ताम्राकार, ज्योति मगर , बुद्ध लामा, सुमी मोक्तान , शृष्टि केसी, रक्षा श्रेष्ठ लगायतका सेलिब्रेटी यो प्रतिष्पर्धामा भाग लिदैछन् ।  दिलिप रायमाझी, गौरी मल्ल र रेनशा वान्तवा राई यो शोमा जजको रुपमा रहेका छन् । यसको प्रिमियर एपिसोडको सुटिङ्ग समेत सम्पन्न भएको छ।  महानायक राजेश हमाल र जजहरुले प्रिमियर एपिसोडमा आफ्नो प्रस्तुती समेत दिएका छन् ।लक्ष्मण पौडेलले यो शोलाई निर्देशन गर्दैछन्।