एलिजा र दुर्गेश अभिनित ‘घाँसको माया गाईलाई’ सार्वजनिक (भिडियो)

भदौ २७, २०७७


काठमाडौं। अभिनेत्री एलिजा गौतम र मोडेल दुर्गेश थापा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक राजनराज शिवाकोटी र रेखा ढुंगाना कटवालको सुमधुर स्वरमा ‘घाँसको माया गाईलाई’ बोलको गीतको भिडियो बिहिबार युट्युबमा सार्वजनिक भएको हो। 

यस गीतमा राजेन्द्र थापाको शव्द र गायक शिवाकोटीको संगीत रहेको छ । भिडियोमा एलिजा, दुर्गेश र बाल कलाकारमा भेनस बिक्रम कटवालको अभिनय देख्न सकिन्छ ।

रामजनक कटवाल निर्माता रहेको यस भिडियोको कोरियोग्राफी तथा निर्देशन शिव बिकले गरेका छन्। भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।